सुदूर नेपाललाई विश्वसँग जोड्दै

दुर्घटना हुँदा एकको मृत्यु

२०७८ साउन २, १०:४५ रासस

पाँचथर: पाँचथरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

कुम्मायक गाउँपालिका–३ मा निर्माणाधीन तमोर कोरिडोर सडकमा आज मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक तेह्रथुमको लालीगुराँस नगरपालिका–९ सोल्माका ४५ वर्षीय यामबहादुर लिम्बूको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा मोटरसाइकलमा सवारमा तेह्रथुमकै उदय कार्की घाइते भएका छन्। उनलाई उपचारका लागि पाँचथर जिल्ला अस्पताल फिदिम ल्याइएको छ। लिम्बू कुम्मायक–५ स्याबरुम्बामा भवन निर्माणको कामका लागि तेह्रथुमबाट आएका थिए।

कुम्मायक–५ सिम्राहा पुलमा पुगेर फर्किने क्रममा को २८ प ८६११ नम्बरको मोटरसाइकल सडकबाट करिब २५ मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।

कमेन्ट लोड गर्नुस