सुदूर नेपाललाई विश्वसँग जोड्दै

विप्लव समुहका आठजना कार्यकर्ता पक्राउ

२०७८ साउन २, ०७:०४ खबर संवाददाता

रुपन्देही: कपिलवस्तुमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका ८ जना नेता कार्यकर्ता पक्राउ परेका छन्। सार्वजनिक यातायातको भाडामा भएको वृद्धिको विरोधमा आयोजित कार्यक्रम स्थलबाट उनीहरु पक्राउ परेका हुन्।

भाडा वृद्धिको विरोधमा युवा संगठन नेपालको केन्द्रिय कार्यक्रम अन्तर्गत युवा संगठन नेपाल कपिलवस्तुले शनिबार आयोजना गरेको भाडा दर अनुगमन तथा सचेतना कार्यक्रमअन्तर्गत कपिलवस्तुको पिपरामा भएको कार्यक्रमस्थलबाट उनीहरु पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा युवा संगठन कपिलवस्तुका जिल्ला अध्यक्ष बादल, अखिल क्रान्तिकारीका कपिलवस्तु जिल्ला अध्यक्ष बिष्णुबहादुर राउत, अर्घाखाँची अध्यक्ष नवीन खड्का लगायतका जिल्लास्तरका नेता कार्यकर्ता छन्।

कार्यक्रमस्थलमा प्रहरीले घेरा हालेपछि केही समयमा नियन्त्रणमा लिएको थियो। नियन्त्रणमा रहेका नेता कार्यकर्तालाई पिपरा प्रहरी चौकीमा राखिएको सो पार्टीले जनाएको छ।

कमेन्ट लोड गर्नुस