सुदूर नेपाललाई विश्वसँग जोड्दै

कांग्रेस कार्यकर्ता कुट्नेलाई ३ दिनभित्र कारवाही गर्न देउवाको निर्देशन

२०७८ साउन २, ०६:५४ खबर संवाददाता

काठमाडौं: कांग्रेस केन्द्रीय सदस्य तथा क्रियाशील सदस्यता छानविन समितिका सदस्य श्यामकुमार घिमिरेमाथि कुटपिट गर्ने सिन्धुपाल्चोकका कांग्रेस कार्यकर्ताहरुलाई तीन दिनभित्र कारवाही गर्न सभापति शेरवहादुर देउवाले निर्देशन दिएका छन्।

शनिवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकपछि देउवाले २४ घण्टाभित्र स्पष्टीकरण सोधेर ३ दिनभित्र कारवाही टुंगो लगाउन निर्देशन दिएका हुन्।

शुक्रवार कांग्रेस केन्द्रीय सदस्य मोहन बस्नेतका भाइ तथा  क्षेत्रीय सभापति बालकृष्ण बस्नेत, हरिशरण श्रेष्ठ लगायतका कार्यकर्ताले क्रियाशील सदस्य आफूहरुले सिफारिस गरे बमोजिम हुनुपर्ने नमानेपछि कुटपिट गरेका थिए।

कमेन्ट लोड गर्नुस