सुदूर नेपाललाई विश्वसँग जोड्दै

माधव नेपाल र प्रचण्डबीच कोटेश्वरमा भेटवार्ता, के भयो छलफल?

फाइल फोटो
फाइल फोटो
२०७८ साउन २, ०३:३५ खबर संवाददाता

काठमाडौं: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ।

शनिबार दिउँसो प्रचण्ड कोटेश्वरस्थित नेता नेपालको निवासमा पुगेका थिए। दुई नेताबीच केही बेर छलफल भएको ती नेताहरुको सचिवालय निकट स्रोतले जनाएको छ।

सर्वोच्च अदालतको आदेशमा संसद पुनर्स्थापना र शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएपछि विगतमा सँगै रहेको कांग्रेस, माओवादी केन्द्र, एमालेको माधवकुमार नेपाल र जसपाको उपेन्द्र यादव पक्ष कसरी अघि बढ्ने भन्ने विषयमा अन्योलमा नै छन्। तर यो गठबन्धनका नेताहरुबीच द्विपक्षीय, बहुपक्षीय छलफल भइरहेको छ।

कमेन्ट लोड गर्नुस