सुदूर नेपाललाई विश्वसँग जोड्दै

ओलीले जसपाका नेतासँग भनेः सहकार्य जारी राखौँ

२०७८ साउन २, १२:३६ खबर संवाददाता

काठमाडौंः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र जनता समाजवादी पार्टी जसपा अध्यक्ष महन्थ ठाकुर पक्षका नेताहरुबीच भेटवार्ता भएको छ। ओलीसँग भेटवार्ता गर्न जसपा नेताहरू बालकोट पुगेका थिए। 

ओली सरकारबाट बाहिरिएपछि जसपा नेताहरूसँग पहिलो पटक भेटवार्ता भएको जसपा नेता शरद सिंह भण्डारीले जानकारी दिए। 

उनले भने, 'हामी शिष्टाचार भेटवार्ताको लागि बालकोट गएका हौँ। आज कुनै राजनीतिक विषयमा छलफल भएन। उहाँले सहकार्य जारी राख्नुपर्छ। केही दिनमै राजनीतिक भेटवार्ता बस्नुपर्छ भन्नुभएको छ।'

सरकारबाट बाहिरिएपछि आफूले आराम गर्ने अवसर प्राप्त भएको सुनाएको समेत उनले बताए। ओलीलाई भेट्न अध्यक्ष ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो, शरत सिंह भण्डारी र अनिल झा बालकोट पुगेका थिए।

कमेन्ट लोड गर्नुस