सुदूर नेपाललाई विश्वसँग जोड्दै

देउवाले बोलाए पदाधिकारी र संसदीय दलको बैठक, कुटपिट काण्डबारे छलफल हुँदै

२०७८ साउन २, १२:१९ खबर संवाददाता

काठमाडौं: नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा क्रियाशील सदस्यता छानविन समितिका सदस्य श्याम घिमिरेमाथि कुटपिट भएको विषयमा छलफल गर्न पदाधिकारी बैठक बस्ने भएको छ।

अपरान्ह ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सभापति शेरवहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन्। शुक्रवार देउवा पक्षकै मोहन बस्नेत समर्थकले घिमिरेमाथि कुटपिट गरेका थिए। पदाधिकारी बैठकमा महाधिवेशन तयारीका विषयमा समेत छलफल हुनेछ।

यसैबीच प्रधानमन्त्री देउवाले संसद अधिवेशन र पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न संसदीय दलको बैठक आइतवार अपरान्ह २ बजे बस्ने गरि बोलाएका छन्।

आइतवार सर्वोच्च अदालतको परमादेश बमोजिम संसद अधिवेशन सुरु हुँदैछ।

कमेन्ट लोड गर्नुस