सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा अझै हटेन ‘अघोषित लोडसेडिङ’, हैरान छन् स्थानीय

फोटो : दीपक बम योगेन्द्र
फोटो : दीपक बम योगेन्द्र
२०७८ साउन २, १२:०८ खबर संवाददाता

धनगढी: धनगढीमा अनियमित विद्युत्त कटौती नहटेको गुनासो गरिएको छ। नेपाल विद्युत्त प्राधिकरण धनगढी वितरण केन्द्रबाट हरेक दिन विद्युत कटौटी हुने गरेकोप्रति धनगढी नगरवासी आक्रोशित भएका छन्। 

धनगढीको वसन्तटोलका सुरज चन्द नियम विपरीत पूर्व सूचना विना दैनिक विद्युत्त कटौती हुँदा गर्मीमा निकै दुःख भइरहेको गुनासो गरेका छन्। ‘हरेक दिन दर्जन पटक बिजुली जाने गरेको छ। जसले गर्दा निकै अफ्ठ्यारो भइरहेको छ’ उनले भने, ‘प्राधिकरणले सूचना नदिएरै घण्टौ बिजुली काट्नु गैरकानुनी हो।’

धनगढीमा आज(शनिबार) बिहानैदेखि बत्ती नहुँदा समस्या भइरहेको क्याम्पस रोडका स्थानीय महेन्द्र रानाले बताए। ‘पसलमा बिजुली नहुँदा काम नै हुन्न तर दिनमा बिजुली गएको गएइ हुन्छ’ उनले भने ‘आज त बिहानदेखि नै बिजुली आएको छैन।’

बिजुली पटकपटक आउने जाने समस्याले विद्युत्तिय उपकरणमा पनि क्षति हुने गरेको सर्वसाधारणले बताएका छन्। विद्युत्त प्राधिकरणले जानकारी नै नदिएर घण्टौ बिजुली काट्ने गरेको भएपनि बत्ती आउने समय सोध्न खोज्दा ‘नो लाइट’ सेवाको फोन नउठ्ने गरेको हसनपुरका प्रेमकुमार चौधरीले बताए।  

‘बत्ती गएको बेला कहिले आउँछ भनेर सोध्न खोजे पनि नो लाइटको फोन नै उठ्दैन’ उनले भने, फोनको रिसिभर नै सेटबाट उठाएर उतापट्टी पो राखे जस्तो लाग्छ।’

जिल्ला प्रशासन कार्यालयमा गत असार २४ गते बसेको बैठकले विद्युत्त नियमित गर्ने र फोन उठाउने निर्णय गरिको भएपनि पालना नभएको धनगढीवासीको गुनासो छ।

कमेन्ट लोड गर्नुस