सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाली कांग्रेसको उपसभापतिमा विजयकुमार गच्छदार मनोनित

। फोटो स्रोत ।
२०७५ कार्तिक २०, ०६:२३

नेपाली कांग्रेसको उपसभापतिमा विजयकुमार गच्छदार मनोनित भएका छन। नेपाली कांग्रेस केन्द्रीय समितिले उनलाई उपसभापतिमा मनोनित गरेको हो। राजनीतिक निर्णयका आधारमा उनलाई मनोनित गरिएको कांग्रेस नेता रमेश लेखकले जानकारी दिए। गच्छदारलाई विधानको बाधा अड्काउ फुकाउको माध्यमबाट उपसभापति बनाउनु पर्ने कांग्रेस नेता रामचन्द्र पौडेल पक्षको अडान थियो तर, सभापति शेरबहादुर देउवाले यस अघि नै पार्टी एकता गर्दा सहमति भएकाले निर्णय मान्न आग्रह गरेका थिए। मनोनितमा केही असहमति भएता पनि राजनीतिक निर्णय मान्न तयार रहेको पौडेल पक्षका नेता अर्जुन नरसिंह केसीले बताए
 

कमेन्ट लोड गर्नुस