सुदूर नेपाललाई विश्वसँग जोड्दै

मतदाता नामावली सङ्कलन तथा अद्यावधिक हुँदै

२०७८ साउन २, ०५:५४ रासस

काठमाडौँ: निर्वाचन आयोगले आइतबारदेखि मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गर्ने भएको छ।

आयोगको बैठकले साउन ३ गते देखि सबै निर्वाचन कार्यालयबाट मतदाता नामावली सङ्कलन तथा अद्यावधिक  गर्ने निर्णय गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । 

प्रतिनिधिसभा जेठ ८ गते विघटन भई निर्वाचनको मिति घोषणा भएका कारण स्थगन गरिएकामा सर्वोच्च अदालतको आदेशमा पुुनः स्थापनासँगै मतादाता नमावली सङ्कलन तथा अद्यावधिक चालु गरिने भएको हो।
 

कमेन्ट लोड गर्नुस