सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रशासकीय अधिकृतविरुद्ध मुद्दा दायर

२०७५ कार्तिक २०, ०५:५४ खबर संवाददाता

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु एक लाख घुस लिएको अभियोगमा पक्राउ परेका टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सुवेदीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। पूर्वाधार विकास योजनाअन्तर्गत नव सिर्जना टोल सुधार उपभोक्ता समाजलाई बाटो ढलानका लागि छुट्याएको रकमको अन्तिम बिल भुक्तानी गरी दिने प्रयोजनका लागि सुवेदीले सेवाग्राहीसँग घुस मागेको आरोप लागेको छ। आरोपी सुवेदीलाई विगोबमोजिमको जरिवाना र कैद सजायको माग गर्दै मुद्दा दायर गरिएको आयोगका प्रवक्ता रामेश्वर दङ्गालले बताए। 
रासस
 

कमेन्ट लोड गर्नुस