सुदूर नेपाललाई विश्वसँग जोड्दै

अध्यादेश ल्याएर एमाले फुटाउने प्रयास हुनसक्छ : ओली

२०७८ साउन १, ०५:१८ खबर संवाददाता

काठमाडौं: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अध्यादेश ल्याएर एमाले फुटाउने प्रयास हुनसक्ने दाबी गरेका छन्।

प्रधानमन्त्री पदबाट हटेपछि शुक्रबार पहिलो पटक बसेको पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले अदालतले कीर्ते कागजलाई मान्यता दिएको दाबी गरे। ‘निवेदक र बार एशोसिएसनको दबाबमा इजलास बनेसँगै षड्यन्त्र शुरु भएको थियो,’ उनले भने, ‘यो फैसलामा हाम्रो सहमति छैन। तर हामी लोकतन्त्रवादी भएकाले कार्यान्वयन गरिसकेका छौं।’

एमालेविरुद्ध अझै षड्यन्त्र हुने भन्दै उनले अध्यादेश ल्याएर पार्टी फुटाउने प्रयास हुनसक्ने बताए। ओलीले अघि भने, ‘सदन छोटो समय बसेर टुंग्याउन सक्छन्, प्रदेश र स्थानीय तहमा पनि दुःख दिन सक्छन्। दमनको शुरुवात हुनसक्छ।’

कमेन्ट लोड गर्नुस