सुदूर नेपाललाई विश्वसँग जोड्दै

अमेरिकी चुनावको पूर्वसन्ध्यामा फेसबुक बन्द

। फोटो स्रोत ।
२०७५ कार्तिक २०, ०५:४० खबर संवाददाता

अमेरिकी मध्यावधि चुनावमा हस्तक्षेप गर्ने कोसिसमा रहेका एक सय १५ विदेशी व्यक्ति एवं संस्थाका फेसबुक एकाउन्ट (खाता) बन्द गरिएको छ। अमेरिकी प्रहरीको चेतावनीपछि फेसबुकले बन्द गरेका खातामा ८५ वटा इन्स्टाग्राम खाता समेत रहेका छन। अमेरिकी कानुन कार्यान्वयन तथा जासुसी संस्थाहरुले रुसीहरुले फेसबुक मार्फत नक्कली समाचार फैल्याएको बताएलगत्तै फेसबुकले उक्त घोषणा गरेको हो। अमेरिकामा मङ्गलबार मध्यावधि चुनाव हुँदैछ ।
रासस 
   
 

कमेन्ट लोड गर्नुस