सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा चट्याङ लाग्दा एक महिला घाईते

२०७८ साउन १, ०४:०३ खबर संवाददाता

धनगढी: कैलालीको धनगढीमा चट्याङ लाग्दा एक महिला घाईते भएकी छन्। धनगढी उपमहानगरपलिकामा १९ फूलवारी खेदा बस्ने ५५ वार्षिय पुजा चौधरी चट्याङ लागेर घाईते भएको प्रहरीले जनाएको छ।

खेतबाट घरतर्फ जादै गर्दा चट्याङ लागेपछि उनको टाउकोमा  चोट लागेको बताईर्एको छ। उनको स्वास्थ्य अवस्था गम्भीर रहेको बहुलिया सीमा प्रहरी चौकी फूलवारीका ईन्चार्ज बासुदेव अवस्थीले बताए।

घाईते चौधरीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार गरिदै छ।
 

कमेन्ट लोड गर्नुस