सुदूर नेपाललाई विश्वसँग जोड्दै

साइत हेराएर बालुवाटार सरे प्रधानमन्त्री देउवा

२०७८ साउन १, ०२:०९ खबर संवाददाता

काठमाडौं: प्रधानमन्त्री शेरबहादुर देउवा सरकारी निवास बालुवाटार सरेका छन्।

गत मंगलबार प्रधानमन्त्रीको सपथ लिएका देउवा शुक्रबार बिहान बुढानीलकण्ठबाट सरकारी निवास बालुवाटारमा सरेका हुन्। प्रधानमन्त्री देउवा बिहान ९१०ः०३० बजेको शुभसाइतमा प्रधानमन्त्री निवास बालुवाटार प्रवेश गरेका छन्।

उनलाई निजी निवास बुढानीलकण्ठदेखि बालुवाटारसम्म सुरक्षाकर्मीले स्कटिङ गरेका थिए। सर्वोच्चको परमादेशपछि गत मंगलवार संविधानको धारा ७६ को उपधारा ५ बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेको थियो।

कमेन्ट लोड गर्नुस