सुदूर नेपाललाई विश्वसँग जोड्दै

आवेग र उत्तेजनामा नआई रचनात्मक प्रतिपक्षमा रहन्छौं : ओली

फाइल फोटो
फाइल फोटो
२०७८ साउन १, ०१:५३ खबर संवाददाता

काठमाडौं: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अदालतको परमादेशबाट नयाँ सरकार गठन भएको जनाउँदै अब आफूहरु सक्रिय एवं रचनात्मक प्रतिपक्षमा रहने बताएका छन्।

पार्टी स्थायी कमिटीको बैठकको अध्यक्षता गर्दै अध्यक्ष ओलीले राष्ट्रियता, लोकतन्त्र, राष्ट्रिय छवि निर्माण, विकास निर्माण र समृद्धिका लागि पार्टी निरन्तर सक्रिय रहने जनाए।

ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा आयोजित बैठकमा अध्यक्ष ओलीले आफूहरु कुनै आवेग र उत्तेजनामा नआउने पनि स्पष्ट पारेका छन्।

कमेन्ट लोड गर्नुस