सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा लागुऔषधसहित दुई जना पक्राउ

२०७८ साउन १, ०१:३६ खबर संवाददाता

धनगढी: कैलालीमा प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। जिल्लाको टीकापुर नगरपालिका ६ नारायनपुरबाट १४.९७ ग्राम खैरो हिरोईनसहित टीकापुर बैदीका ३६ वर्षीय लोकेन्द्र साउँद र २८ वर्षीय धन सिंह सुनारलाई प्रहरीले पक्राउ गरेको हो।

३१ गते साँझ उनीहरुलाई विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय टिकापुरको प्रहरी टोलीले पक्राउ गरेको  जिल्ला प्रहरी कार्यालय कैलालीमा प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टले जानकारी दिए।

उनीहरुको झोलाबाट प्लाष्टीकको झिल्लीभित्र लुकाई छिपाई राखेको अवस्थामा १४।९७ ग्राम ९खैरो हिरोईन० लागु औषध बरामद गरिएको प्रहरी नायव उपरीक्षक बिष्टले बताए।

उनीहरु दुबै जनामाथि लागु औषध अन्तरर्गतको मुद्दा दर्ता गरी थप अनुसन्धानकार्य प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस