सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा मन्त्रालयसहित आधा दर्जन सरकारी कार्यालय जाने सडकको बिजोग

२०७८ साउन १, १०:३० खबर संवाददाता

धनगढी : सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा शुक्रवार बिहानबाट वर्षा भइरहेको छ। सामान्य वर्षामा पनि जलमग्न तथा डुबान हुने धनगढीको मुख्य बजार क्षेत्र लगायतका आसपासका ठाउँहरुमा शुक्रबार बिहानबाट भइरहेको वर्षाले पूरानै समस्यालाइ दोहो¥याएको छ।

धनगढीको मुख्य सडकमा पर्ने एलएन चोक, पार्कमाेड, अस्पताल लाइन लगायत भित्री सडकको जलमग्न भएका छन्। सेती प्रादेशिक अस्पतालबाट सामाजिक विकास मन्त्रालय हुँदै हसनपुर जोड्ने सडक पनि कतै जलमग्न त कतै हिलाम्य भएको छ। सामान्य वर्षामा पनि उक्त सडकमा पानी जम्मा हुने गरेको स्थानीय केशवराज भट्टले बताए।

‘खानेपानीको पाइप फुटे पनि पानी जम्मा हुन्छ,’ उनले भने, ‘सामाजिक विकास मन्त्रालय, मालपोत कार्यालय, कोभिड अस्पताल यहि अगाडी छ तर बाटो सुधार गर्न कसैको ध्यान जान सकेको छैन।’ सोही सडक भएर सामाजिक विकास मन्त्री, सचिव, डाक्टर लगायत उच्च अधिकारीहरु हिड्ने गरेको उनले बताए।

एसियाली विकास बैंकको ऋण सहयोगमा धनगढीका बनिरहेको १० किलोमिटर सडकमा उक्त सडक पनि परेको छ। तर अहिलेसम्म काम भने सुरु हुन सकेकामे छैन। उक्त सडकमा सामाजिक विकास मन्त्रालयसंगै, नापी, मालपोत, उद्योग वाणिज्य संघ, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, स्वास्थ्य कार्यालय, कोभिड अस्पताल लगायतका कार्यालय छन्।

कमेन्ट लोड गर्नुस