सुदूर नेपाललाई विश्वसँग जोड्दै

संसद्को अधिवेशन आइतबार

२०७८ असार ३१, ०७:५४ रासस

काठमाडौँ: राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को आजका सिफारिशमा आगामी साउन ३ गते सङ्घीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरेकी छन्।

नेपालको संविधानको धारा १५७ को उपधारा (१) बमोजिम नेपाल सरकारका सिफारिशमा आइतबार अपराह्न ४ बजे अन्तरराष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन आह्वान गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । 
 

कमेन्ट लोड गर्नुस