सुदूर नेपाललाई विश्वसँग जोड्दै

विप्लव नेता सुदर्शनलाई रिहा गर्न सर्वोच्चको आदेश

२०७८ असार ३१, ०७:०९ खबर संवाददाता

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य हेमन्त प्रकाश ओली ‘सुदर्शन’लाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ। न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र मनोजकुमार शर्माको इजलासले सुदर्शनलाई रिहा गर्न आदेश दिएको हो ।

नेता सुदर्शनकी जीवन साथी अम्बिका चन्दले सर्वोच्च अदालतमा दायर गरेकोे रिटमाथि आज सुनुवाई गर्दै सर्वोच्चले साधारण तारेखमा छाड्न आदेश दिएको हो । वरिष्ठ अधिवक्ता एकराज भण्डारी, अधिवक्ताहरू कपिलचन्द्र पोख्रेल, कान्तिराम ढुङ्गानालगायतले रिट निवेदकको पक्षबाट बहस गरेका थिए।

सर्वोच्चको आदेशमा नेता सुदर्शन रिहा भएका छन्। भने नेता भरत बमको भने थप कागजात झिकाउन आदेश भएको छ । यस्ता अन्य दर्जनौं नेता(कार्यकर्ता देशभरका कारागारमा बन्दी जीवन बिताइरहेका छन्।

सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच भएको तीन बुँदे सहमतिको ३ महिना बित्दा पनि कार्यान्वयन भएको छैन । कार्यान्वन नभएपछि सुदर्शनको रिहाइका लागि गत शुक्रबार सर्वोच्चमा रिट दायर गरिएको थियो।

ललितपुरस्थित एनसेलको टावरमा बम विस्फोट गराएको आरोपमा सफाइ पाएका सुदर्शनलाई हातहतियारसम्बन्धी र रणवीरलाई बम विस्फोटको मुद्दा लगाइएको थियो।

मुटुका गम्भीर बिरामी दुवै नेता सुदर्शनको गंगालालमा र रणविरको सुन्धारास्थित कारागार अस्पतालमा उपचार भइरहेको छ ।

कमेन्ट लोड गर्नुस