सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रधानाध्यापकको कोठाबाट सिपियु र मोनिटर चोरी

२०७८ असार ३१, ०६:५१ खबर संवाददाता

काठमाडौं: मोरङमा प्रधानाध्यापकको कोठाबाट सिपियु र मोनिटर चोरी भएको छ।

केराबारी गाउँपालिका-७ लाङ्गाली चोकस्थित श्री सार्वजनिक माध्यमिक विद्यालयलको प्रधानाध्यापकको कोठाबाट सिपियु र मोनिटरसहितको १ थान कम्प्युटर सोमवार राति चोरी भएको हो।

चोरी भएको घटनाकाको खबर प्राप्त हुनासाथ नजिकैको प्रहरी कार्यालयबाट खटिएको प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गरिरहेको बताएको छ।

कमेन्ट लोड गर्नुस