सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा एक पुरुष मृत भेटिए

फाइल फोटो
फाइल फोटो
२०७८ असार ३१, ०५:०८ खबर संवाददाता

धनगढी: कैलालीमा एक जना मृत अवस्थामा भेटिएका छन्। जिल्लाको घोडाघोडी नगरपालिका ४ सिमथरिका ४३ वर्षिय धन बहादुर रतोकि मृत भेटिएका हुन्।

उनी भैँसी बाँध्ने गोठमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय सुखडका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक सागर बोहराका अनुसार उनको भैँसी बाँध्ने गोठमा शव भेटिएको हो।  

घटना बुधरबार राति घटेको भएपनि आज विहान मात्रै जानकारी आएको उनले बताए । शव पोष्टमार्टमको लागि धनगढी ल्याईएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


 

कमेन्ट लोड गर्नुस