सुदूर नेपाललाई विश्वसँग जोड्दै

ढाडको नसा च्यापिएर आराम गर्दैछु, मन्त्रीको लागि नेताको घर धाएको छैन : प्रेम आले

२०७८ असार ३१, ०४:३६ खबर संवाददाता

धनगढी : पूर्व वनमन्त्री तथा प्रतिनिधिसभा सदस्य प्रेमबहादुर आलेले मन्त्रीका लागि कुनै शक्ति केन्द्र वा नेताको घरमा नगएको स्पष्ट पारेका छन्। सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै आलेले मन्त्रीका लागि देउवा निवकास बूढानीलकण्ठ धाएको कुरा गलत भएको बताएका हुन्।

‘केही हप्तादेखि मेरो ढाडको नसा च्यापिएर ब्ल्यू लोटस अस्पताल त्रिपुरेश्वर, काठमाडौमा फिजियोथेरापी गरी आफ्नो घरमा आराम गरिरहेको अवस्थामा मेरो नाम जोडेर केही सन्चारमाध्यमले मन्त्री हुनका लागि बूढानीलकण्ठदेखि माधव नेपाल गुटमा लाग्ने तयारी गरेको समाचार सम्प्रेषण गरेको प्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ’, आलेले लेखेका छन्, ‘म मन्त्री पद प्राप्त गर्न कुनै शक्ति केन्द्र वा नेताको घरमा गएको छैन तर नेकपा (एमाले) को एकताले मात्र नेपालको राष्ट्रियता, लोकतान्त्रिक तथा वामपन्थी आन्दोलनको रक्षा गर्न सकिन्छ भन्ने मेरो दृढ़ मान्यता छ।’ 

यसअघि दिनेशखवरसंग कुराकानी गर्दै पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य आलेले एमाले पार्टी नमिल्नुमा अध्यक्ष केपी शर्मा ओलीको पनि भूमिका रहेको बताएका थिए। ओलीका कट्टर समर्थकका रुपमा उभिएका आलेले तपाई अहिले पनि ओलीकै पक्षमा हुनुहुन्छ त ? भन्ने प्रश्नमा भने, ‘ओलीले पार्टी मिलाउन पर्थ्यो तर उहाँले सक्नुभएन। बाँकी केही टिप्पणी गर्दैन। म बिरामी छु।’ उनले सर्वोच्च अदालतको फैसला भने स्वागतयोग्य रहेको बताएका थिए।

याे पनि पढ्नुहाेस

प्रेम आले भन्छन्, ‘ओलीले पार्टी मिलाउन सक्नुभएन, अदालतको फैसलाको त स्वागत गर्छु’

कमेन्ट लोड गर्नुस