सुदूर नेपाललाई विश्वसँग जोड्दै

विप्लवले माधव नेपाललाई भेटे, प्रचण्ड पनि सँगै

२०७८ असार ३१, ०१:१४ खबर संवाददाता

काठमाडौं: नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव र पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ।

महासचिव विप्लव बिहीबार बिहान अर्का नेता धर्मेन्द्र वास्तोलासहित नेपाल निवास कोटेश्वरमा पुगेर भेटवार्ता गरेका हुन् । भेटवार्तामा समसामयिक राजनीतिक विषयमा छलफल भएको विप्लवको सचिवालयले जानकारी दिएको छ।

विप्लवले कोटेश्वरमा प्रचण्डसहित नेता नेपालसँग छलफल गरेका हुन्। माधव(विप्लव भेटका क्रममा नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल पनि उपस्थित भएको उनको सचिवालयले जनाएको छ।

महासचिव विप्लवले बुधबार प्रचण्डसँग मात्रै उनकै निवासमा भेटवार्ता गरेका थिए।

प्रचण्डसँगको भेटमा समसामयिक राजनीतिक विषय र आफ्नो पार्टी र सरकारसँग भएको ३ बुँदे सहमति कार्यान्वयन सम्बन्धी छलफल भएको विप्लवको सचिवालयले जनाएको छ।

कमेन्ट लोड गर्नुस