सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका ७ पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्गमा मोड सुधार योजनाले सास्ती

२०७८ असार ३१, १२:५५ रासस

अमरगढी: सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लाको प्रमुख मार्ग भीमदत्त राजमार्ग जोखिमपूर्ण बन्दै गएको छ। रार्जमार्गका मोड सुधार योजनाले सडकमा पहिरो र हिलाम्य भएकाले पहाडी जिल्लाको प्रमुख भीमदत्त राजमार्ग जोखिम पूर्ण बन्दै गएको हो।

ठेकेदारले असारको मुखमा मात्र काम गर्ने प्रवृत्तिले सडकका बीचमा ठूला–ठूला धान रोप्नेजस्ता हिलाम्य खाल्डाका कारण सडक जीर्ण हुँदा यातायात सञ्चालनमा जोखिम बढेको चालक इन्द्र ऐरीले बताए। राजमार्गका हगुल्टे, साहुखर्क र भत्काँडा क्षेत्रमा सडकका बीचबीचमा हिलाम्य हुँदा उक्त क्षेत्रमा यातायात सञ्चालनमा जोखिम बढेको छ।

सडक डिभिजन कार्यालय कुलपाते डोटीका डिभिजन प्रमुख सुदर्शन कार्कीले बन्दाबन्दीले तोकिएको समयमा काम गर्ने समस्या भएकाले तीव्रगतिमा काम नभएको बताए। आगामी आवको असोजसम्म सडक मोड सुधार कार्यक्रम सम्पन्न गरिने उनले जानकारी दिए।

पटक–पटकको वर्षाले सडकमा माटो पानी मिसिएकाले कालोपत्र उप्किएर राजमार्गका बीच–बीचमा खाल्डाखुल्डी परेका छन्। साँघुरोलगायत कारण वर्षाले माथिबाट माटो झर्दा हिलाम्य हुँदै बीच सडकमा खाल्डाखुल्डी हुँदा दुर्घटनाको जोखिम बढेको चालक बताउँछन्।  साविकको सुदूरपश्चिमका पहाडी जिल्लालाई तराईका जिल्लासँग जोड्ने एक मात्र यस राजमार्गमा सवारी साधनको अत्यधिक चाप हुने गरेको छ। 

अत्यधिक वर्षाले सडककोे ४० प्रतिशत काम बाँकी रहेको सडक डिभिजन कार्यालय कुलपातेले जनाएको छ। अहिले सडकको अवस्था जीर्ण हुँदा तथा वर्षायाममा एक महिना राजमार्ग हिलाम्य हुने र सडक चिप्लो हुँदा दुर्घटनाको जोखिम रहेको चालकको भनाइ छ। 

कमेन्ट लोड गर्नुस