सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोना बिमाको सकियो म्याद

२०७८ असार ३१, ०७:५७ खबर संवाददाता

धनगढी : असार मसान्तपछि कोरोना पोजिटिभ भएका संक्रमितले बिमा दाबी गर्न नपाउने भएका छन्  मसान्तमा बिमालेखको अवधि सकिने भएकाले साउन १ देखि कोरोना बिमाका नयाँ संक्रमितले दाबी गर्न नपाउने भएका हुन्। 

असार मसान्तसम्म कोभिड संक्रमित भएका बिमितले बिमालेखमा उल्लिखित सर्तअनुसार दाबी भुक्तानी भने पाउने बिमा समितिले जनाएको छ। यसका लागि उनीहरूले साउनभित्रै बिमा दाबीका लागि आवेदन दिइसक्नुपर्नेछ।

कोभिड संक्रमणमा परेको एक साताभित्र दाबीका लागि आवेदन दिइसक्नुपर्ने व्यवस्था भए पनि संक्रमित आइसोलेसनमा बस्नुपर्ने भएकाले त्यसपछि पनि आवेदन दिन सक्ने बिमा कम्पनीहरूले बताएका छन्। ‘असार मसान्तसम्म कोभिड पोजिटिभ भएका बिमितिले साउन मसान्तभित्रै दाबी गरेमा भुक्तानी पाउँने छन्।

कमेन्ट लोड गर्नुस