सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोना उपचार र नियन्त्रणलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन

२०७८ असार ३०, १०:४७ रासस

काठमाडौँ: प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाको उपचार, रोकथाम र नियन्त्रणलाई अझ चुस्त एवं प्रभावकारी बनाउन निर्देशन दिएका छन्।

कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी) का गतिविधिबारे आज सम्बद्ध पदाधिकारीसँग जानकारी लिँदै उनले त्यस्तो निर्देशन दिएको सिसिएमसीले जनाएको छ।

बैठकमा मन्त्रिपरिषद्का सदस्य तथा मुख्यसचिव शङ्करदास वैरागीलगायत उच्च अधिकारी उपस्थित थिए।
 

कमेन्ट लोड गर्नुस