सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्वीकृत निर्वाचन कार्यतालिका रद्द

२०७८ असार ३०, ०८:०३ रासस

काठमाडौँ: निर्वाचन आयोगले सर्वोच्च अदालतबाट यही असार २८ भएको आदेशानुसार प्रतिनिधिसभा निर्वाचनका लागि स्वीकृत कार्यतालिका रद्द गरेको छ।

अदालतको आदेशानुसार आगामी कात्तिक २६  र मङ्सिर ३ गते हुने  प्रतिनिधिसभाका लागि आयोगबाट असार २१ गते स्वीकृत निर्वाचन कार्यतालिका रद्द भएको आयोग प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए। 

अघिल्लो सरकारले प्रतिनिधिसभा विघटन गरी दुई चरणमा निर्वाचन गर्ने घोषणा गरेकामा सर्वाेच्च अदालतले त्यसलाई बदर गरी आगामी साउन ३ गतेभित्र प्रतिनिधिसभा बोलाउन आदेश जारी गरेको छ।

कमेन्ट लोड गर्नुस