सुदूर नेपाललाई विश्वसँग जोड्दै

टीकापुरमा रोटी मेलाको आयोजना

२०७५ कार्तिक २०, ०८:३२

कृषि र पर्यटनको विकासका लागि टीकापुरमा रोटी मेला आयोजना गरिएको छ। ‘कृषि पर्यटनको विकास, हामी सबैको सहभागिता र प्रयास’ भन्ने नाराका साथ टीकापुर पर्यटन समितिको आयोजनामा दोस्रो रोटी मेला २०७५ टीकापुरमा आयोजना गरिएको हो। मंगलवार टीकापुरको खुला मैदानमा रोटी मेला लागेको हो। मेलामा २० भन्दा बढी प्रकारका रोटीको स्वाद लिन सकिने छ। टीकापुर पर्यटन समितिका अध्यक्ष थर्कबहादुर शाहले मेलामा सबै समुदायले खाने रोटी हेर्न र खान पाइने व्यवस्था मिलाइएको बताए।

सेल रोटी, फिनी रोटी, पुरी, कागते, सिन्कामारी, भक्के, माडा, फाडा, मकैको रोटी खान पाइने उनले बताए। कोदोको रोटी, गुने, ढुकढुके, फापरको रोटी, नेवारी रोटी, थारु रोटी, सल्यानी  रोटी, डोटेली  रोटी, प्युठानी रोटी, तन्दुरी  रोटी, पराठा रोटी, रानाथारु रोटी, अनरसा रोटी, तावा रोटी, रुमाले रोटीको स्वाद लिन सकिने उनको भनाई छ। शाहको अगुवाईमा पर्यटन प्रवद्र्धनमा सघाउने उद्देश्यले यसअघि पनि ढिक्री महोत्सव, खिर महोत्सव भईसकोको छ। गतबर्ष धनगढीमा रोटी मेलाको पनि आयोजना गरिएको थियो। 

कमेन्ट लोड गर्नुस