सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा बुधबार ५७ जनामा संक्रमण पुष्टि, १० जना निको

२०७८ असार ३०, ०६:२३ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेशमा मंगलबार ५७ जनामा संक्रमण पुष्टि भएको छ। भने, १० जना निको भएर घर फर्किएका छन्।

पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशभरी १ हजार ८० नमुना परीक्षण गरिएकोमा ५७ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको हो। 

सेती अस्पतालमा ९७ जनाको नमूना परीक्षण गर्दा २४ जना, बैतडी असपतालमा २०८ जनाको नमूना परीक्षण गर्दा ४ जना, महाकाली असपतालमा ५५ जनाको नमूना परीक्षण गर्दा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय दिपायल डोटीले जनाएको छ। यस्तै डडेल्धुरा असपतालमा ६ जनाको नमुना परीक्षणगर्दा कसैमा पनि संक्रमण पुष्टि नभएको निर्देशजनालयले जनाएको छ। पछिल्लो २४ घण्टामा प्रदेशमा मृतकको संख्या भने शून्य रहेको जनाएको छ। 

हालसम्म सुदुरपश्चिममा ४४ हजार ३८३ जनामा संक्रमण पुीष्ट भएको छ। भने, ३५ हजार २२० जनाले कोरोना जितेका छन्। हालसम्म प्रदेशभर ५७४ जनाको कोरोनाका कारण मृत्यु भएको छ। 
 

कमेन्ट लोड गर्नुस