सुदूर नेपाललाई विश्वसँग जोड्दै

माधव नेपालको घर घेर्ने ओली पक्षका युवाको तयारी, सुरक्षा बढाइयो

२०७८ असार ३०, ०३:२७ खबर संवाददाता

काठमाडौं: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली समूहका युवाहरुले नेता माधव नेपालको घर घेर्ने तयारी गरेका छन्।

सुरक्षा स्रोतका अनुसार ओलीलाई बुधबार बालुवाटारबाट बालकोट पुर्‍याएको युवा दस्ताले कोटेश्वरस्थित नेपालको घर घेर्ने तयारी गरेको हो। सुरक्षा स्रोतका अनुसार युवाहरुको टोलीलाई माधव नेपालको घरतर्फ जानबाट रोक्न प्रहरी परिचालन गरिएको छ।

आज मात्रै बालकोट पुगेका ओलीले नेता नेपाललाई एमालेमा कुनै स्थान नभएको बताएका थिए। ओली समूहका युवाहरुले भने नेपाललाई फाँसी दिन माग गरेका थिए।

कमेन्ट लोड गर्नुस