सुदूर नेपाललाई विश्वसँग जोड्दै

भीम रावललाई भारतीय गुप्तचर संस्था ‘रअ’ सँग मुछियो

२०७८ असार ३०, ११:४५

धनगढी : नेकपा एमालेका उपाध्यक्ष भीम रावलले आफूले भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रतिनिधिसँग नभेटेको बताएका छन्। रावलले असार २० गते साँझ ८ बजेदेखि ९ बजेसम्म होटल मेरियटमा रअ’ का प्रतिनिधिसँग भेटघाट गरेको भनेर समाचार प्रकाशन भएपछि विज्ञप्ती जारी गर्दै रावलले नभेटेको बताएका हुन्। 

रावलले आज जारी गरेको प्रेस वक्तव्यमा भनिएको छ, ‘त्यो दिन साँझ म र रघुजी पन्त माधवकुमार नेपालजीको निवासमा थियौं । हामीले कुरा गरिरहेको समयमा विष्णुप्रसाद पौडेलको फोन आयो । उहाँको फोन आएको कुरा दुबै जनालाई जानकारी गराएँ । विष्णुजीले बालुवाटारमा प्रधानमन्त्रीले कुरा गर्न खोज्नुभएको छ भन्नुभएपछि मैले माधव नेपालजी र रघुजीले सुन्नेगरी फोन खुल्ला राखेँ ।’

त्यसपछि आफू टोखास्थित घर गएर खाना खाइवरी बालुवाटारमा भेटघाटको लागि आउँदा साँझको सवा ८ बजेको तथ्यलाई बंग्याएर आफ्नो देशभक्ति र जनताप्रतिको समर्पित जीवन आदर्शमाथि आक्रमण गर्ने घृणित प्रपञ्च रचिएको उनकाे भनाइ छ।

मनगढन्ते तरिकाले भारतीय गुप्तचर संस्थासँग रावललाई जोडेर समाचार प्रकाशित गर्ने न्यूज पोर्टलको नाम र नेताहरुको नाम उल्लेख नगरी उहाँले जारी गर्नुभएको वक्तव्यमा बालुवाटारमा त्यसपछि प्रधानमन्त्री केपी ओलीसँग कार्यदलमा आफ्नो संलग्नताबारे मात्र कुरा भएको उल्लेख गरेका छन्। 

कमेन्ट लोड गर्नुस