सुदूर नेपाललाई विश्वसँग जोड्दै

देउवालाई विश्वासको मत दिने तयारीमा एमालेको नेपाल पक्ष

२०७८ असार ३०, १०:०३ खबर संवाददाता

प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदा नेकपा (एमाले)को माधव नेपाल पक्षले सहयोग गर्ने भएको छ।

सकभर सिंगो एमालेलाई नै विश्वासको मत दिन लगाउने नभए आफूहरुले देउवालाई विश्वासको मत दिने तयारीमा एमालेको माधव पक्ष लागेको हो। एमालेको नेपाल पक्षका २३ सहित १ सय ४६ सांसदले हस्ताक्षर गरेर सर्वोच्च अदालतमा रिट हालेपछि प्रधानमन्त्रीबाट केपी शर्मा ओली पदमुक्त भएका छन्।

सर्वोच्च अदाले उक्त रिटमाथि फैसला सुनाउँदै देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो। मंगलबार प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले साँझ शपथ ग्रहण गरेका थिए।

कमेन्ट लोड गर्नुस