सुदूर नेपाललाई विश्वसँग जोड्दै

लिटिल फ्लावर प्रिमियर लिगको खेल तालिका सार्वजनिक

२०७५ कार्तिक १९, ०४:०३

धनगढीमा आगामी कार्तिक २७ गतेदेखि मंसीर ४ गतेसम्म आयोजना हुने तेस्रो निष्ट कलेज लिटिल फ्लावर टि–२० प्रिमियर लिग क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । आज सार्वजनिक गरिएको खेल तालिका अनुसार सहभागी टोलीलाई विभिन्न ४ समुहमा राखेर प्रतिस्पर्धा गराईनेछ भने प्रत्येक समुहको विजेता टोली सेमीफाइनल खेल्नेछन । सेमिफाइनल खेल मंसीर ३ गते हुनेछ भने फाईनल खेल मंसीर ४ गते हुनेछ ।

समुह ए मा धनगढीको सिद्धार्थ स्कुल, निष्ट भक्तपुर र सरस्वती मावि गेटा रहेका छन । समुह बी मा लिटिल बुद्ध महेन्द्रनगर, मोदाक्षा काठमाण्डौ र एबीसी नेपालगंज रहेका छन् । लिटिल फ्लावर स्कुल, क्यास्पीयन एकेडेमी र शारदा मावि समुह सी मा रहँदा हिमालया ह्वाईट हाउस विज्डम एकेडेमी र कैलाली मोडेल समुह डी मा रहेका छन् । प्रतियोगिताको उद्घाटन खेलमा सिद्धार्थ सिसु सदन र निष्ट भक्तपुर प्रतिस्पर्धा गर्नेछन् । देशका विभिन्न १२ टिमको सहभागितामा रहने प्रतियोगिता संस्कार क्रिकेट एकेडेमीको आयोजना, लिटिल फ्लावर बोर्डिङ स्कुलको व्यवस्थापन र निष्ट काठमाण्डौंको मुख्य प्रायोजनमा हुन लागेको हो ।

धनगढी स्थित अञ्चल प्रहरी कार्यालयको खेल मैदानमा हुने प्रतियोगिताक विजेताले एक लाख ११ हजार १ सय ११ तथा उपविजेताले ५५ हजार ५ सय ५५ नगद सहित ट्रफी र प्रमाणपत्र पाउनेछन् । प्रतियोगिताको म्यान अफ द सिरिजलाई नगद १० हजार, उत्कृष्ट बलर, ब्याट्सम्यान र इमर्जिङ प्लेयरलाई नगद ५÷५ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।टि– २० फ्म्याटमा हुने प्रतियोगितामा १९ वर्ष मुनिका खेलाडीहरुको सहभागीता रहनेछ भने प्रत्येक टिमले विद्यालय वाहिरबाट ५÷५ जना खेलाडीलाई समेत टिममा सहभागी गराउन पाउने छन ।
 

कमेन्ट लोड गर्नुस