सुदूर नेपाललाई विश्वसँग जोड्दै

नवनियुक्त ४ मन्त्रीले लिए शपथ

२०७८ असार २९, ०९:११ रासस

 

काठमाडौँः नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद विस्तार गरेका छन्।

नेपालको संविधानको धारा ७६ (५) अनुसार नियुक्त भएका प्रधानमन्त्री देउवाले नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) बाट दुई/दुई जना मन्त्री नियुक्त गरेका हुन्। नवनियुक्त मन्त्रीहरुमा बालकृष्ण खाँड गृह, ज्ञानेन्द्रबहादुर कार्की कानून, न्याय तथा संसदीय मामिला, जनार्दन शर्मा अर्थ र पम्फा भुसाल ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री छन्।

नवनियुक्त मन्त्रीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनियताको शपथ ग्रहण गराएकी हुन्।

 

कमेन्ट लोड गर्नुस