सुदूर नेपाललाई विश्वसँग जोड्दै

देउवाको नियुक्ति पत्र सच्याउने राष्ट्रपतिको संकेत

२०७८ असार २९, ०८:०१ खबर संवाददाता

धनगढी : राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा नियुक्त गरेको पत्र सच्याउने संकेत गरेकी छन्।

प्रधानमन्त्री शेरबहादुर देउवालाई नियुक्त गरिएको पत्रमा संविधानको धारा उल्लेख नगरेपछि देउवाले शपथ नलिने अडान लिएका छन्।

देउवाले संविधानको धारा ७६(५) उल्लेख गरेर प्रधानमन्त्री नियुक्त गर्नुपर्ने अडान लिएका छन्। राष्ट्रपति कार्यालयले प्रधानमन्त्री नियुक्त गरेको पत्रमा अदालतको फैसला बमोजिम भन्दै संविधानको धारा नै उल्लेख गरेको छैन्र।

कमेन्ट लोड गर्नुस