सुदूर नेपाललाई विश्वसँग जोड्दै

शपथबारे प्रधानमन्त्रीसहित शीर्ष नेताहरू राष्ट्रपतिसँग छलफलमा

२०७८ असार २९, ०७:१२ खबर संवाददाता

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पद तथा गोपनियताको शपथ ग्रहण गर्न अस्वीकार गरेपछि अहिले विवाद समाधानका लागि प्रयास भइरहेको छ। 

शपथ ग्रहण स्थलको कार्यकक्षसँगैको कक्षमा राष्ट्रपतिसँग प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादवसहितका नेताहरूले छलफल गरिरहेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा नियुक्त गरेको पत्र कानुन बमोजिमको नभएको भन्दै देउवाले पद तथा गोपनियताको शपथ ग्रहण गर्न अस्वीकार गरेका थिए।

कमेन्ट लोड गर्नुस