सुदूर नेपाललाई विश्वसँग जोड्दै

खेल मैदान बनाउन १५ बिगाहा जग्गा

। फोटो स्रोत ।
२०७५ कार्तिक १९, ०३:४६ खबर संवाददाता

खेल मैदान निर्माण गर्न कञ्चनरुप नगरपालिकाले १५ बिगाहा जग्गा उपलब्ध गराएको छ। जिल्ला खेलकूद विकास समिति सप्तरीलाई नगरपालिकाको हालै बसेको बैठकले खेल मैदान बनाउन सोही नगरपालिका–९ स्थित खाली जग्गा उपलब्ध गराएको खेलकूद विकास समिति सप्तरीका उपाध्यक्ष धीरेन्द्र बर्माले बताए। साविकको रुपनगर वडा नं ५, ६, ८ र ९ मा रहेको सार्वजनिक तथा ऐलानी जग्गामा खेल मैदानका लागि सो जग्गा उपलब्ध गराएको नगरपालिकाले जनाएको छ। उक्त खाली जग्गामा चाँडै नै खेल मैदान निर्माण कार्य अगाडि बढाइने उपाध्यक्ष बर्माले बताए।
रासस  
 

कमेन्ट लोड गर्नुस