सुदूर नेपाललाई विश्वसँग जोड्दै

जन्मोत्सवमा धनगढीका व्यवसायी खनालको दृष्टि फाउण्डेसनलाई सहयोग

२०७८ असार २९, ०५:४९ खबर संवाददाता

धनगढी: धनगढी उप–महानगरपालिका -८ का युवा व्यवसायी तथा सुप मिडिया हाउस धनगढीका अध्यक्ष पूर्ण प्रसाद खनालले आफ्नो जन्मदिनको अवसरमा धनगढीस्थित दृष्टि फाउण्डेसनलाई आर्थिक सहयोग गरेका छन्।

उनले धनगढीको सेती प्रादेशिक अस्पतालमा दृष्टि फाउण्डेसनको सहयोगमा उपचार गराइ रहेका दुई जना महिलालाई उपचारमा सहयोग पुगोस् भनी १० हजार एक सय ५ रुपैयाँ सहयोग गरेका हुन्। खनालले बेसाहारा नागरिकलाई सहारा दिने उद्देश्यले दृष्टि फाउण्डेसन सञ्चालनमा आएदेखि अहिलेसम्म केही आर्थिक तथा खाद्यान्न र लत्ताकपडा गरी ५ पटक सहयोग गरिसकेका छन्। 

खनालले अस्पतालमै आएर सो रकम सहयोग गरेको दृष्टि फाउण्डेसन कैलालीकी अध्यक्ष कलपना भट्टले बताईन्। आजको सहयोगले उपचारत महिलाहरुलाई औषधी उपचारमा सहयोग पुग्ने उनले बताइन्। यस्तै व्यवसायी तथा समाजसेवी खनालले नेपालमा कोभिड १९ ले गर्दा दुई पटक भएको निषेधाज्ञाका कारण दैनिक ज्याला मजदुरी गरेर खाने वर्गलाई समस्या भएपछि सहयोग गरेका थिए। 

दृष्टि फाउण्डेसनमा रहेका ४५ जना बेसाहारा महिला तथा बालबालिकालाई विभिन्न संघ संस्थाले सहयोग गदै आएका छन्।

कमेन्ट लोड गर्नुस