सुदूर नेपाललाई विश्वसँग जोड्दै

जनादेश मेरो पक्षमा थियो, परमादेश देउवाजीको पक्षमा भयो: ओली

२०७८ असार २९, ०३:१३ खबर संवाददाता

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट बिदा हुँदै गर्दा आफ्नो पक्षमा जनदेश हुँदाहुँदै पनि सर्वोच्चको परमादेशका कारण सरकारबाट बाहिरिनु परेको बताएका छन्। 

देशबासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनादेश आफ्नो पक्षमा हुँदाहुँदै पनि परमादेश नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पक्षमा आएकाले सरकारबाट बाहिरिनुपरेको बताए।

‘जनताको जनादेशले होइन, सर्वाेच्चको परमादेशले बाहिरिनुपर्‍यो। जनादेश मेरो पक्षमा थियो, परमादेश देउवाजीको पक्षमा भयो’ उनले भने, 'सरकारबाट बाहिरिनुपर्दा रत्तिभर चिन्ता नरहेको ओलीले बताए। ‘मलाई रत्तिभर चिन्ता छैन । मैले देश र जनताप्रति इमान्दारिताका साथ समृद्धि, सुशासन, विकासलाई ध्यान राखेर काम गरेको छु।’ 

कमेन्ट लोड गर्नुस