सुदूर नेपाललाई विश्वसँग जोड्दै

सबै नागरिकलाई खोपको व्यवस्था गरेको प्रधानमन्त्री ओलीको दाबी

२०७८ असार २९, ०३:०८ खबर संवाददाता

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपालीलाई पुग्ने खोपको व्यवस्था भएको दाबी गरेका छन्। 

ओलीले १ करोड ५० लाख डोज खोप सुविधा मूल्यमा आएको र आउने क्रममा रहेको बताए।

उनले बालबालिकालाई लगाउन मिल्ने ६० लाख डोज खोप समेत खरिद प्रक्रियामा रहेको बताए। ‘अब खोपको अभाव छैन, पर्याप्त छ,’ उनले भने, ‘अब अर्काे सरकारले ल्याइदिएका खोप लगाउन थालेर आजै ल्याएका हुन् कि खोप जस्तो प्रचार गर्दैछन्, मलाई प्रचारको कम्पटिसन गर्नु छैन।’

कमेन्ट लोड गर्नुस