सुदूर नेपाललाई विश्वसँग जोड्दै

साबुन उद्योग सञ्चालन

। फोटो स्रोत ।
२०७५ कार्तिक १९, ११:५८ खबर संवाददाता

रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–११ सिमबजारमा साबुन उद्योग सञ्चालनमा आएको छ। स्थानीय युवाको लगानीमा ‘ठूलोभेरी मल्टी प्रपोज कम्पनी प्रालि’मार्फत साबुन उद्योग सञ्चालन गरिएको हो। साबुन बनाउन आवश्यक कच्चापदार्थ चिउरी प्रशस्त पाइने भएकाले उद्योग सञ्चालन गरिएको कम्पनीका सहनिर्देशक वीरबहादुर कामीले बताए। पहिलो चरणमा करीब दुई हजार साबुन उत्पादन गरिएको छ। उत्पादित साबुन बिक्रीको तयारी भइरहेको छ। 
रासस
 
 

कमेन्ट लोड गर्नुस