सुदूर नेपाललाई विश्वसँग जोड्दै

नारायणगढ–मुग्लिन सडक अवरुद्ध

फाईल तस्बिर
फाईल तस्बिर
२०७८ असार २८, ०७:३१ रासस

पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध बनेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार यस सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–६ कालीखोलामा सुक्खा पहिरो खसेपछि बिहान ४ः४५ बजेदेखि सडक दुईतर्फी अवरुद्ध बनेको हो। 

अहिले पनि पहिरो खसिरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले बताए। उनका अनुसार सो पहिरो हटाई सडक खुलाउन बिहान ९ बजेसम्म लाग्ने अनुमान छ। 
 

कमेन्ट लोड गर्नुस