सुदूर नेपाललाई विश्वसँग जोड्दै

मानव सेवा आश्रमलाई सहयोग

२०७८ असार २७, ०९:०७ खबर संवाददाता

धनगढी: धनगढीमा रहेको मानव सेवा आश्रमलाई विभिन्न व्यक्तिहरुले सहयोग गरेका छन्। 

हाल अमेरिकामा बस्दै आएकी मिना अधिकारीले आफ्नो श्रीमान पुर्ण अधिकारीको सोमबार पर्ने जन्मदिनको अवसरमा २६ हजार ३ सय २५ रुपैयाँ आश्रमलाई सहयोग गरेकी छन्। 

यस्तै मकवानपुर हेटौँडा उपमहानगरपालिका वडा नम्बर ३ बसामाडी घर भएका र हाल जापानमा बस्दै आएका निर्मल सापकोटा रश्मि के सी (सापकोटा)ले आफ्नो छोरााको जन्मदिनको अवसरमा आश्रमलाई १० हजार सहयोग गरेको आश्रमले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस