सुदूर नेपाललाई विश्वसँग जोड्दै

दोब्बर उमेरकी महिलामाथि बलात्कार गरेको आरोपमा २४ वर्षीय युवक पक्राउ

२०७८ असार २७, ०३:०२ खबर संवाददाता

काठमाडौं : एक ५५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा २४ वर्षीय युवा पक्राउ परेका छन्। पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका–९ लाम्सुरेडाँडाका २४ वर्षीय भरत थापा मगर रहेका छन्। 

मगरले ती महिलालाई जबरजस्ती करणी गरी फरार रहेको भन्ने खबर पाएपछि ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले मगरलाई शनिबार पक्राउ गरेको हो।
घटनाका सम्बन्धमा थप अनुसन्धान भरहेको प्रहरीले बताएको छ। 

 

कमेन्ट लोड गर्नुस