सुदूर नेपाललाई विश्वसँग जोड्दै

सबैका गलामा माला

। फोटो स्रोत ।
२०७५ कार्तिक १८, ०२:०३ खबर संवाददाता

कुनै पनि औपचारिक कार्यक्रममा अतिथिका लागि माला तथा खादा लगाउने प्रचलन सामान्य हो तर यहाँस्थित एक पर्यटकीय गाउँमा आयोजित कार्यक्रममा उपस्थित सबै पाहुनाको गलामा सयपत्री फूलको माला लगाएर समानताको व्यवहार देखाइएको छ। कास्की जिल्लाको मादी गाउँपालिकाको पर्यटकीय गाउँ ताङ्तिङमा शनिबार आयोजित गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल, गण्डकी प्रदेशको पहिलो अधिवेशन उद्घाटन कार्यक्रममा सबैलाई समानरूपमा माला लगाइएको हो। 
बाटोदेखि सभाकक्षसम्म मौलिक पोशाकमा सजिएका पङ्क्तिबद्ध स्थानीय फूल उत्पादन आमा समूहले पाहुनालाई निधारमा टीका र गलामा सयपत्री फूलको मालाले स्वागत गरेपछि कार्यक्रमस्थल फूलैफूलको पर्व तिहारमय जस्तै देखिएको थियो। विभिन्न तीन वटा फूल उत्पादन आमा समूहका ६१ जनाले बारीमा उत्पादन गरेको फूल टिपेर अतिथिको स्वागत र सम्मानका लागि माला तयार पारेका थिए। एउटा मालाको रू ५० का दरले खरिद गरिएको उक्त गाउँकार्यपालिका वडाध्यक्ष कल्पना गुरुङले बताए। 
रासस
 
 

कमेन्ट लोड गर्नुस