सुदूर नेपाललाई विश्वसँग जोड्दै

एमाले एकताबद्ध भएको घोषणा गर्ने तयारी

२०७८ असार २४, ०५:४८ खबर संवाददाता

काठमाडौं: नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङले आफूहरू पार्टी एकताबद्ध भएको घोषणा गर्ने तयारीमा रहेको बताएका छन्। दुवै पक्षले आवश्यक तयारी गरेर साँझ ७ बजेसम्म बैठक बस्न लागेको नेम्वाङले जानकारी दिए।

छलफल गम्भीर र सकारात्मक रूपले अगाडि बढेको उनको भनाइ छ। “एमाले एकताबद्ध भएको घोषणा गर्ने तयारीमा छौं,” नेम्वाङले भने। बिहीबार बिहान कार्यदलको बैठक बस्ने भनिए पनि थप तयारी गर्नुपर्ने भन्दै स्थगित गरिएको थियो। बिहान स्थगित भएको बैठक साँझ ७ बजे बस्ने तयारी गरिएको छ। 

उनले आवश्यक परे पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता वा टेलिफोन संवाद हुने बताए। बुधबार पनि ओली र नेपालबीच करीब दुई घण्टा छलफल भएको थियो।

कमेन्ट लोड गर्नुस