सुदूर नेपाललाई विश्वसँग जोड्दै

२० हजार घुससहित इन्जिनियर पक्राउ

२०७८ असार २३, ०३:२४ खबर संवाददाता

काठमाडौं: सार्वजनिक निर्माण कार्यान्वयन ईकाइ गजुरी, धादिङका इन्जिनियर २० हजार घुससहित पक्राउ परेका छन्। खेलकुदको मैदान निर्माण सम्पन्नपछि धेरौटीवापतको रकम फिर्ता माग्न जाँदा सेवाग्राहीबाट उक्त रकम घुस लिइरहेको अवस्थामा नियन्त्रणमा लिइएको हो। 

सिन्धुपाल्चोकको साँगाचोकगढी चौतारा–४ कुविन्डे घर भएका इन्जिनिर विनोद सापकोटा सार्वजनिक निर्माण कार्यान्वयन ईकाइ गजुरीमा कार्यारत थिए। पाँचौ तहका इन्जिनियर सापकोटालाई थाक्रे गाउँपालिका–२ को हुलाकी डाँडाबाट उक्त रकमसहित नियन्त्रणमा लिइएको हो।

अर्याल टोल चौतारास्थित महाकाली माविको खेल मैदान बनाउन बागमती प्रदेशबाट विनियोजित बजेटबाट निर्माण सम्पन्न गरी धरौटी राखेको रकम फिर्ता लिन जाँदा सापकोटाले निर्माण व्यवसायीसँग २० हजार रुपैयाँ घुस मागेका थिए। 

सेवाग्राहीको निवेदनपछि अख्तियारको टोलीले हुलाकी डाँडाबाट उनलाई घुसवापतको रकमसहित नियन्त्रणमा लिएको हो।   

कमेन्ट लोड गर्नुस