सुदूर नेपाललाई विश्वसँग जोड्दै

भीम रावल माधव नेपाललाई भेटेर फर्किए, एमाले कार्यदलमा एकताबारे छलफल

२०७८ असार २३, १२:५५ खबर संवाददाता

काठमाडौं: नेकपा एमालेको एकताका लागि क्रियाशील बनेको कार्यदल बैठक बस्नुअघि भीम रावल माधव नेपालसँग परामर्श गर्न कोटेश्वर पुगेका छन्।

नेपाल पक्षका संयोजक रावलले अहिलेसम्मका सहमतिका विषयमा नेपाललाई जानकारी गराएको बताइएको छ। नेपाल समूहभित्रै असन्तुष्टी बढिरहेकाले रावल छलफलका लागि कोटेश्वर गएका हुन्। रावल फर्किएसँगै अर्थमन्त्रालयमा दुवै पक्षको कार्यदलबीच पार्टी एकताबारे छलफल शुरू भएको छ।

मंगलबार वार्ता टोलीको छलफल चलिरहेका बेला माओवादी अध्यक्ष प्रचण्ड माधव नेपाललाई भेट्न गएका थिए। त्यसपछिको विकासक्रमलाई समेत बुझेर रावल माधव नेपाल भेट्न गएका हुन्।

कमेन्ट लोड गर्नुस