सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा कोरोना सङ्क्रमण पुनः वृद्धि

२०७८ असार २३, ०६:२० रासस

सुदूरपश्चिम: सुदूरपश्चिम प्रदेशमा आइत, सोम र मंगलबार कोरोना सङ्क्रमितको सङ्ख्यामा वृद्धि भएको छ। 

पछिल्लो समय निरन्तर घट्दै गइरहेकामा पछिल्ला तीन दिनमा सङ्क्रमित बढेको जनाइएको छ। स्वास्थ्य निर्देशनालय दिपायलको तथ्याङ्कअनुसार सोमबार एक हजार ५५जनाको स्वाबको नमूना परीक्षण गर्दा ४३ जनामा सङ्क्रमण पुस्टि भएको थियो। मङ्गलबार ८४७ जनाको नमुना परीक्षण गर्दा ६१ जनामा सङ्क्रमण देखिएको छ। 

पछिल्लो २४ घण्टामा प्रदेशमा सबैभन्दा बढी कैलाली जिल्लामा ४२ जनामा सङ्क्रमण देखिएको निर्देशनालयले जनाएको छ। तीन दिनमा मृत्युदर भने शून्य छ। यो अवधिमा ४७ जना उपचारपछि घर फर्किएका छन्। प्रदेशमा पहिलो पटक गत जेठ २५ गते पनि मृत्युदर शून्य थियो। प्रदेशमा अहिलेसम्म ४३ हजार ९९३ सङ्क्रमित पुगेका छन्। दुई लाख ६८ हजार ९९५ जनाको नमुना परीक्षण गरिसकिएको छ।

गत जेठ ७ गते एकै दिनमा प्रदेशमा सबैभन्दा बढी नौ सय ८४ नयाँ सङ्क्रमित थपिएका थिए। प्रदेशमा सबैभन्दा बढी एकै दिन ३१ सङ्क्रमितको मृत्यु भएको थियो। 
 

कमेन्ट लोड गर्नुस