सुदूर नेपाललाई विश्वसँग जोड्दै

जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ४ जना घाइते

फाईल तस्बिर
फाईल तस्बिर
२०७८ असार २२, ०९:०८ खबर संवाददाता

सुर्खेत: जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ, भने  ४ जना घाइते भएका छन्। 

कालीकोटको नरहरिनाथ गाउँपालिकामा जिप दुर्घटना हुँदा सान्नी त्रिवेणी गाउँपालिका–३ की ३५ वर्षीया पम्फा फडेराको मृत्यु भएको प्रहरीले जनाएको छ। 

रास्कोट नगरपालिकाबाट मान्मा जाँदै गरेको प १ ल २३ नम्बरको जिप नरहरिनाथ गाउँपालिकाको लालिघाटमा दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी अर्जुन चन्दले जानकारी दिए।

एसएसपी चन्दका अनुसार दुर्घटनामा परी सान्नी त्रिवेणी गाउँपालिका–३ की ३५ वर्षीया पम्फा फडेराको मृत्यु भएको हो। मंगलबार बिहान भएको दुर्घटनामा अन्य  ४ जना घाइते भएको र उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

जिपमा १४ जना यात्रु सवार थिए। घटनास्थलबाट घाइतेहरुको उद्धार गरी सामान्य उपचारपछि घर पठाइसकिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार गाडी भिरालो र चिप्लो बाटोका कारण सडक छेउमा पल्टिएको थियो।
 

कमेन्ट लोड गर्नुस